‘एनिमल’बन्यो तेस्रो धेरै कमाउने हिन्दी फिल्म
सहयात्रा टिभी
काठमाडौं । पुस ६, रणवीर कपुर अभिनित फिल्म ‘एनिमल’ले प्रदर्शनको २० दिनमा भारतीय बक्सअफिसमा ५ करोड भारु कमाएको छ ।
लिउड कमाइको ट्रयाकर सक्निल्कका अनुसार फिल्मको कूल कमाइ ५२८.६९ करोड भारु पुगेको छ ।
योसँगै ‘एनिमल’ले भारतमा सन्नी देओल स्टारर फिल्म ‘गदर २’ को कमाइलाई उछिनेको छ । ‘गदर २’ले भारतीय बक्सअफिसमा ५२५.४५ करोड भारु कलेक्सन गरेको थियो ।
हिन्दी संस्करणमा धेरै कमाउने फिल्मको शीर्ष स्थानमा ६४३.८७ करोड भारुसहित ‘जवान’ छ ।
दोस्रो स्थानमा रहेको ‘पठान’को कूल कमाइ ५४३.०५ करोड भारु छ । सूचीको तेस्रो स्थानमा ‘एनिमल छ’ छ ।