सुनसरी ३ (ख) मा कांग्रेसका चौधरी विजयी

सहयात्रा टिभी

काठमाण्डौं । सुनसरी क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका अगमलाल चौधरी विजयी भएका छन् ।
आज बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेकपा एमाले)का रामदेव यादवलाई तीन हजार ८६१ मतले पराजित गर्दै चौधरी विजयी भएका हुन् । चौधरीले २१ हजार ४२९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १७ हजार ५६८ मत प्राप्त गरेका छन् ।

यता कैलाली निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका झपटबहादुर रावल २५ हजार १५७ मत प्राप्त गरी विजयी भएका छन् । गए राति घोषणा गरिएको निर्वाचन क्षेत्र नं २ को अन्तिम नतिजाअनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोहनसिंह राठौरले २३ हजार ३१३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विजयी रावलले केही वर्षअघि राठौर मन्त्री हुँदा उनका सहयोगी (पिए) थिए । राठौर हालै मात्र एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेर टिकट पाएका हुन् । यो निर्वाचन क्षेत्रको यसअघि मंगलबार नै प्रदेशसभा (क) र (ख) को प्रदेशसभा सदस्यको नतिजा घोषणा भइसकेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा (क) मा एमालेका रतन थापा १३ हजार ६३२ मतसहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हिमबहादुर रावलले ११ हजार ५६५ मत प्राप्त गरेका छन् । प्रदेशसभा (ख) मा माओवादी केन्द्रका नन्दबहादुर साउद १२ हजार ७७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अरुणकुमार चौधरीले ११ हजार २३२ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभा सदस्यको यो निर्वाचन परिणामसहित कैलाली जिल्लाको सबै पाँच निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन क्षेत्र नं १ मा राजपा नेपाल र क्षेत्र नं २, ३, ४ र ५ मा वाम गठबन्धन विजयी भएको छ ।

प्रकाशित : 13 December, 2017

प्रतिक्रिया दिनुहोस्