अमेरिकाको आयोवामा विद्यालयमा गोली चल्दा एक जनाको ज्यान गयो

सहयात्रा टिभी

काठमाडौं । पुस २०, एजेन्सी -अमेरिकाको आयोवा राज्यमा रहेको एक हाइस्कुलमा गोली चल्दा एक जनाको ज्यान गएको छ ।

विद्यार्थी र शिक्षकसहित पाँच जना घाइते भएका छन् । आयोवाको पेरी हाई स्कुलका १७ वर्षीय किशोरले ६ कक्षाका विद्यार्थीलाई गोली हानेका थिए । उनले चलाएको गोली लागेर ५ जना विद्यार्थी र एक शिक्षक घाइते भएका बीबीसीले जनाएको छ ।

गोली चलाउने विद्यार्थी नै मृत फेला परेका प्रहरीले जनाएको छ । किशोरले अरुलाई गोली चलाएर आफ्नो पनि ज्यान लिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । क्रिसमसको बिदापछि विद्यालय खुलेको पहिलो दिनमै गोली चलेको हो ।

प्रकाशित : 5 January, 2024

प्रतिक्रिया दिनुहोस्