विदेश जाँदा लाग्नेशुल्क बढाउने निर्णय कार्यान्वयन नगर्न निर्देशन

काठमाडौं । पुस २४, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम तथा रोजगार मन्त्रालयलाई विदेश जाँदा लाग्ने खर्च नबढाउनु निर्देशन दिएका छन् ।
श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीले विदेश जाँदा लाग्ने शुल्क बढाएको भन्दै सरकारको आलोचना भएपछि प्रधानमन्त्रीले शुल्क बढाउने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् ।
मन्त्री, सचिव र अन्य सरकारी कर्मचारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको स्मरण गराउँदै उनीहरूलाई अतिरिक्त आर्थिक भार थप्ने मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।