नेप्से आज २० अङ्कभन्दा धेरैले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । पुस २४, शेयर बजार नेप्से आज पनि दोहोरो अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६२ अङ्कले बढेर दुई हजार ८० दशमलव १२ विन्दुमा पुगेको हो ।

जलविद्युत्, उत्पादन र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज छ अर्ब ११ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २१ करोड ४९ लाख रुपैयाँको शेयर खरिदरबिक्री भएको छ ।

 

प्रकाशित : 9 January, 2024

प्रतिक्रिया दिनुहोस्