बझाङमा भूकम्पको धक्का

सहयात्रा टिभी

बझाङ । पुस २८, बझाङमा भूकम्प गएको छ । गएराति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा निस्किएका थिए । बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार परकम्पको गइरहेको छ ।

प्रकाशित : 13 January, 2024

प्रतिक्रिया दिनुहोस्