माओवादी केन्द्रले फागुनमा विधान सम्मेलन गर्ने

सहयात्रा टिभी

काठमाडौं । पुस २८, नेकपा माओवादी केन्द्रले फागुनमा विधान सम्मेलन गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी कमिटी बैठकले फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय भएको प्रवक्ता अग्नि सापकोटाले बताए ।

त्यसका लागि प्रतिनिधि छान्ने मापदण्ड बनाइएको उनले बताए । अर्को स्थायी कमिटी माघ २६ गते बस्ने निर्णय भएको पनि उनले बताए ।

 

प्रकाशित : 13 January, 2024

प्रतिक्रिया दिनुहोस्