खुला मञ्चलाई घाँसे मैदानकै रुपमा रहन दिनुपर्ने अभियानको माग

काठमाडौं । पुस २९, खुलामञ्चमा फुटबल मैदान बनाउने निर्णय नगर्न मुक्त टुँडिखेल अभियानले ध्यानाकर्षण गराएको छ ।
काठमाडौं महानगरले फुटबल मैदान बनाउने प्रक्रिया अघि बढाएपछि मुक्त टुँडिखेल अभियानले कार्यान्वयन नगर्न आग्रह गरेको छ ।
खुला सार्वजनिक जग्गाको सरकारीकरण गर्ने दुषित मनसायका साथ काठमाडौँ महानगरपालिकाले खुल्लामञ्चमा दुई वटा फुटबल ग्राउन्ड निमार्ण गर्न प्रस्ताव गरेको अभियानले विज्ञप्तिमा उल्लेख गरेको छ ।
खुल्ला मञ्च भएको क्षेत्र तथा दैवी प्रकोपको बेला आश्रय केन्द्रको रूपमा रहेको तर दिन प्रतिदिन मासिदैं गएको अभियानले जनाएको छ ।
सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको टुँडिखेलको भूभाग क्रमशः सन् १९९० मा ३३ प्रतिशत, सन् २००० मा २५ प्रतिशत र सन् २०१७ सम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चन पुगेको अभियानले तथ्यांक उल्लेख गरेको छ ।
खेलमैदान काठमाडौंको आवश्यकता भएपनि टुँडिखेल उपयुक्त स्थान नहुने अभियानले जनाएको छ । ‘खुला मञ्चको आफ्नै सांस्कृतिक,ऐतिहासिक, प्राकृतिक महत्व छ ।
खुला मञ्चलाई पहिलाको जस्तै घाँसे मैदानकै रुपमा रहन दिनुपर्ने अभियानको माग छ ।