सुन चाँदीको भाउ घट्यो
सहयात्रा टिभी
काठमाडौं । माघ ३, सुन चाँदीको भाउ आज घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको १ लाख १८ हजार २ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलाको १ लाख १९ हजार ४ सय रुपैयाँ थियो ।
आज चाँदी भने तोलामा १५ रुपैयाँले घटेको छ । हिजो तोलाको १ हजार ४ सय १५ रुपैयाँ रहेको चाँदी आज भाउ घटेर तोलाको १ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।