नक्कली जाँड–रक्सी बनाएर बेच्ने ९ जना थलीबाट पक्राउ
काठमाडौं । माघ ३, नक्कली जाँड–रक्सी बनाएर बेच्ने ९ जना काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीबाट पक्राउ परेका छन् ।
मनोहराका भरत थापाको २ तले घर भाडामा लिएर नक्कली जाँड–रक्सी बनाउने गरेको फेला परेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
नक्कली जाँड–रक्सी बनाएर बेच्ने गरेको आरोपमा रामेछापका २८ वर्षीय मनोज खत्री, ३६ वर्षीय विनोदकुमार कार्की, २० वर्षीय मनिष खत्री, २३ वर्षीय महेश खत्री।
सिन्धुपाल्चोकका २७ वर्षीय मोहन खड्का, र १८ वर्षका युवक, सिन्धुलीका २८ वर्षीय गौरव तामाङ, ४० वर्षीय लेकविक्रम थापा वर्ष २८ का मनोज खत्री र काठमाण्डौका ३६ वर्षीय सुमन नगरकोटी पक्राउ परेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता मिलन केसीले जानकारी दिनुभयो ।
स्वदेशी तथा विदेशी ब्रान्डु का गुणस्तरहीन नक्कली जाँड–रक्सी उत्पादन गरी कालोबजारी भइरहेको सूचनाका आधारमा खोजी गरिएको र विभिन्न रक्सीका खाली बोतल, आन्तरिक राजस्व विभागको अन्तःशुल्कको स्टिकरसहित अरू सामग्री बरामद भएको कार्यालयका प्रवक्ता केसीले बताउनुभयो ।