सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
सहयात्रा टिभी
काठमाडौं । माघ ४, नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ७०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार बिहीबार छापावाल सुन एक लाख १७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन एक लाख १८ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १३९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।