कलैया उपमहानगरका मेयरलाई धम्की दिएको आरोपमा एक पक्राउ

सहयात्रा टिभी

काठमाडौं । माघ ४, बाराको कलैया उपमहानगरपालिकाका मेयर विनोदप्रसाद साहलाई धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।

मेयर साहलाई धम्की दिएको आरोपमा प्रहरीले पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनका ३६ वर्षीय भोला गिरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार अज्ञान व्यक्तिले धम्की दिएको भन्दै मेयर साहले निवेदन दिएपछि धम्की दिने व्यक्तिको खोजी गरिएको थियो।

 

प्रकाशित : 18 January, 2024

प्रतिक्रिया दिनुहोस्