आईसीसी यू-१९ विश्वकपमा नेपालले फिल्डिङ गर्दै
सहयात्रा टिभी
काठमाडौं । माघ ७, आईसीसी यू-१९ विश्वकप-२०२४ को पहिलो खेलमा नेपालले न्युजिल्याण्डविरुद्ध फिल्डिङ गरिरहेको छ ।
बफेलो पार्क इस्ट लन्डनमा न्युजिल्यान्डसँग टस हारेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो । समूह डी बाट शीर्ष तीनमा रहँदै सुपर सिक्स खेल्न आजको नतिजा दुवै टोलीलाई निकै महत्वपूर्ण हुनेछ ।
नेपालले यू-१९ विश्वकप इतिहासमा हालसम्म न्युजिल्यान्डसँग हारेको छैन। दुई पटक खेल्दा दुवैमा नेपाल विजयी भएको छ ।
सन् २००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र २०१६ को समूह चरणको भेटमा नेपाल ३२ रनले विजयी भएको थियो ।
नेपालले आजको खेलमा विपिन रावल, दुर्गेश गुप्ता, विशाल विक्रम केसी र दीपक डुम्रेलाई भने बेन्चमा राखेको छ ।
नेपालले दुवै दीपक बोहरालाई न्युजिल्यान्डविरुद्ध मैदान उतारेको छ । एउटा दीपक बोहरा ओपनर तथा स्पिन अलराउन्डर हुन् । अर्का फिनिसर हुन् ।