भारतबाट उडेको रुसी जहाज अफगानिस्तानमा दुर्घटना
सहयात्रा टिभी
काठमाडौं । माघ ७, भारतबाट उडेको रुसी जहाज अफगानिस्तानमा दुर्घटना भएको छ ।
रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो ।
रसियाली अधिकारीहरुका अनुसार जहाजमा ६ जना यात्रु थिए र त्यो विमान चार्टर गरिएको थियो ।
त्यो जहाज अफगानिस्तानको बदाक्षन प्रान्तको पहाडी क्षेत्रमा दुर्घटना भएको अफगानिस्तानको टोलो समाचार संस्थाले जनाएको छ ।