काठमाडौँका यी क्षेत्रमा आज विद्युत आपूर्ति बन्द रहने

काठमाडौँ ।माघ ८, नेपाल विद्युत प्राधिकरणले काठमाडौँका केही स्थानमा आज कम्तिमा ४ घण्टा विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।
प्राधिकरणले आज ए सार्वजनिक सूचना जारी गरी प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो ।