लोकसेवा आयोगबाट बाग्मतीका लागि ११ सय कर्मचारी माग

सहयात्रा टिभी

काठमाडौँ ।माघ ८, बाग्मती प्रदेशको लोकसेवा आयोगले ११ सयभन्दा धेरै कर्मचारीका लागि विज्ञापन गरेको छ ।

बाग्मती प्रदेश सरकारका मन्त्रालय र बाग्मती प्रदेशका पालिकाहरुका विभिन्न सेवा र समूहमा गरी ११ सय १३ जना कर्मचारीका लागि विज्ञापन भएको हो ।

प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि विज्ञापन भएको प्रदेश लोकसेवा आयोगले जनाएको छ ।

आयोगले माघ २८ गतेभित्र दरखास्त दिइसक्न भनेको छ ।

 

 

प्रकाशित : 22 January, 2024

प्रतिक्रिया दिनुहोस्