धादिङमा गाडी दुर्घटना : ४१ घाइते, ६ को अवस्था गम्भीर

सहयात्रा टिभी

धादिङ । धादिङको जोगिमारामा शनिबार बिहान गाडी दुर्घटना हुँदा ४१ जना घाइते भएका छन् । टिकापुरबाट काठमाडौंका लागि छुटेको ना ४ ख ४४२० नम्बरको बस र विपरित दिसातर्फ जाँदै गरेको ना ४ ख १६७४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक संजय तिमल्सीनाले बताए ।

दुर्घटनामा घाइते भएका ४१ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेकोले छ । उनीहरुलाई काठमाडौंको ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

प्रकाशित : 16 December, 2017

प्रतिक्रिया दिनुहोस्