सूर्य तामाङले बनाए प्रधानमन्त्री कपमा नयाँ कीर्तिमान

सहयात्रा टिभी

काठमाडौँ । माघ ९, वागमती प्रदेशका युवा बलर सूर्य तामाङले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नयाँ कीर्तिमान बनाएका छन् ।

टियुमा जारी खेलमा गण्डकी प्रदेशका ईश्वर क्षेत्रीलाई ३६ रनमा क्याच गराउँदै सूर्य एकै प्रधानमन्त्री कपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।

सूर्यको यो जारी प्रतियोगिता २१ औं विकेट हो । उनले नेपाल पुलिस क्लबका ललित नारायण राजवंशीले २०१९ मा एकै संस्करणमा लिएको २० विकेटको कीर्तिमान तोडेका हुन् ।

सूर्यले टियुमा सुरुवाती दुई खेलमा पुलिस र एपीएफसँग ३–३ विकेट लिएका थिए । मुलपानीमा मधेशसँग ह्याट्रिकसहित ६ र आर्मीसँग ५ विकेट लिएका थिए ।  त्यसपछि टियुमा कोशीसँग २ र मुलपानीमा कर्णालीसँग १ विकेट लिएका थिए ।

प्रकाशित : 23 January, 2024

प्रतिक्रिया दिनुहोस्