सुनको भाउ घट्यो कतिमा हुदैछ कारोबार
सहयात्रा टिभी
काठमाडौं । माघ ११, अघिल्ला ५ दिनको तुलनामा सुनको भाउ बिहीबार भने घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४ सय रुपैयाँ घटेको हो ।
बुधबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएकोमा बिहीबार १ लाख १८ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने बढेको छ । बुधबार प्रतितोला १३८० रुपैयाँमा रहेको चाँदी बिहीबार १४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।