सजगताविना एसिड पाउन नसक्ने बनाउनु पर्ने : ओली

सहयात्रा टिभी

काठमाडौँ । माघ १४, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जो कोहीले पनि सजिलै एसिड पाउन सक्ने अवस्था रोक्नुपर्ने बताएका छन् ।

एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटर निर्माण हुने चलचित्र ‘नमेटिने घाउ’को घोषणा कार्यक्रममा उनले प्रशासनिक सजगताविना एसिड पाउन नसक्ने बनाउनुपर्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री ओलीले एसिड कसरी, कहाँ र कति प्रयोग भयो भन्ने रिपोर्ट पनि प्रशासनले दिनुपर्ने बताए ।

 

 

 

प्रकाशित : 28 January, 2024

प्रतिक्रिया दिनुहोस्