गुल्मीमा जंगली जनावरले दुःख दिएको भन्दै जंगल फडानी

सहयात्रा टिभी

काठमाडौँ । माघ १६, जंगली जनावरले दुःख दिएको भन्दै गुल्मीको रेसुंगा नगरपालिका–१ तम्घासमा जंगलका रुख काटिएको छ ।

बाँदर र बँदेलले दुःख दिएको भन्दै निजी जग्गामा रहेका घाँसका रुख, बाँस, सल्ला, खरी लगायतका रुख काट्नुका साथै झाडी फाँडिएको वडा कार्यालयले जनाएको छ ।

तम्घासको उदिनढुंगास्थित आदर्श कोडिङ स्कुलदेखि तीनधारा हुँदै वडा नम्बर २ को सिमानासम्म्को रुख काटिएको हो ।

वडाभित्र रहेका कुकाठ काट्ने र झाडी फाँड्ने काम ६० प्रतिशत सकिएको वडाकार्यालले जनाएको छ । यो कामका लागि ७० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

फडानी गरेको खाली जग्गामा कागती, टिमुर, अदुवा, पिडालु, बेसार लगायतका फलफूलका विरुवा रोप्ने वडा कार्यालयले जनाएको छ ।

 

प्रकाशित : 30 January, 2024

प्रतिक्रिया दिनुहोस्