केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रिन्स ह्यारी र अभिनेत्री मर्केलको विवाह–प्रिन्स विलियमलाई तनाव !

सहयात्रा टिभी

वेलायत राजकुमार प्रिन्स ह्यारी र अभिनेत्री मेघन मर्केलको विवाहको खबर केही साताअघि नै सार्वजनिक भए पनि मिति तय भएको थिएन । उनीहरु सन् २०१८ को १९ मेमा पति पत्नी बन्ने भएका हुन् ।

यी दुई पब्लिक फिगरको विवाह मितिले ह्यारीका दाइ विलियमलाई समस्या हुन सक्छ । मे १९ तारिखकै दिन एफए कप फुटबलको फाइनल भएकाले विलियमलाई समस्या हुने भएको हो । किनकी उनी फुटबल असोसियसनका प्रेसिडेन्ट समेत हुन् । दुबै महत्वपूर्ण समारोहका लागि विलियमले कसरी मिलाउँलान् ? प्रिन्स ह्यारी र अभिनेत्री मर्केलको विवाह विन्सोर क्यास्टेलको सेन्ट जर्ज च्यापेलमा ह्यारीकी हजुरआमा क्विन एलिजावेथ, राज परिवार, आफन्त र मार्केलका आमा बुवा डोरिया रागल्यान्ड र थोमस मर्केलको उपस्थिति बिच हुने जनाइएको छ । ३३ वर्षीय ह्यारी र ३६ वर्षीय मर्केलले १८ महिना लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

प्रायः राज सदस्यको विवाह साताको बीचमा हुने भए पनि ह्यारीको शनिबार हुने भएको हो । उक्त दिन लन्डनकै वेम्ब्ले स्टडियममा एफए कपको फाइनल हुँदैछ । इङ्ल्याण्ड फुटबल एशोसिएसनले विज्ञप्ती जारी गर्दै लेखेको छ–‘मे १९ निकै रोमाञ्चक दिन हुनेछ । इङ्लिस फुटबलकोसँगै राज परिवारमा पनि ठूलो समारोह आयोजना हुँदैछ ।’

प्रकाशित : 17 December, 2017

प्रतिक्रिया दिनुहोस्