शेखको शतकका बावजुद एपीएफमाथि कर्णालीको रोमाञ्चक जित
सहयात्रा टिभी
काठमाडौं । माघ १७, ओपनर आसिफ शेखको शतकका बावजुद प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लब कर्णाली प्रदेशसँग पराजित भएको छ ।
त्रिवि क्रिकेट मैदानमा २१ रनले पराजित भएसँगै एपीएफ शीर्ष ४ मा पर्न असफल भएको छ ।
यो हारले एपीएफले थ्री डे एलिट ट्रफी खेल्न नपाउने भएको छ । त्रिभुवन आर्मी, नेपाल पुलिस, मधेश प्रदेश र बागमती प्रदेशले शीर्ष ४ मा रहँदै एलिट ट्रफी खेल्ने भएका छन् ।
कर्णालीले राष्ट्रिय प्रतियोगितामा पहिलो पटक विभागीय टोलीलाई हराएको हो । जितको लागि २०७ रनको विजयी लक्ष्य पछ्याएको एपीएफ ४४ ओभरमा १८५ रनमा अल आउट भयो ।
एपीएफलाई जितको लागि ४२ बलमा २२ रन चाहिएको थियो । तीव्र गतिका बलर प्रकाश जैसीले ४ बलमा तीन विकेट लिँदै रोमाञ्चक जित दिलाए ।