उपकुलपति नियुक्तिमा ढिलाइ हुने भएपछि भुसाललाई नै निरन्तरता

सहयात्रा टिभी

काठमाडौं । माघ १७, त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिमा ढिलाइ भएको छ।

उपकुलपति पदका लागि प्रा.डा. शिवलाल भुसालसहित ४३ जनाले आवेदन दिए पनि नियुक्तिमा ढिलाइ भएको हो।

उपकुलपति सिफारिस समितिले विज्ञहरूको सहयोगमा आवेदकहरूको मूल्याङ्कन सुरू गरेको छ। नियुक्तिमा ढिलाइ हुने भएपछि भुसाललाई दोस्रो पटक उपकुलपति तोकिएको छ।

उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको पदावधि गत कात्तिक १६ गतेदेखि सकिएको थियो।

कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गत कात्तिक १७ गतेको निर्णयअनुसार भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएका थिए। भुसाल यसअघि त्रिविमै शिक्षाध्यक्ष थिए।

विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम उपकुलपति पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो।

 

प्रकाशित : 31 January, 2024

प्रतिक्रिया दिनुहोस्