अघिल्लो दिनको तुलनामा नेप्से घट्यो
सहयात्रा टिभी
काठमाडौं । माघ १७, अघिल्लो दिनको तुलनामा बुधबार नेप्से घटेको छ । हिजो ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सेयर बजारको परिसूचक नेप्से २१.६७ अंक घटेर २०९७ अंकमा कायम भएको छ । कुल ५ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
२९ कम्पनीको मूल्य बढ्दा २१५ को घट्यो भने ३ को स्थिर रह्यो । उत्पादन समूह ०.१४ प्रतिशत बढ्यो भने अरु सबै समूह घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २ प्रतिशत घट्यो ।