नेप्से एकोहोरो ओरालो लाग्यो
सहयात्रा टिभी
काठमाडौं । माघ १८, साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उच्च गिरावट देखिएको छ ।
कारोबार खुलेदेखि नै बजारको परिसूचक नेप्से एकोहोरो ओरालो लाग्यो । बजार बन्द हुँदा अघिल्लो दिनको तुलनामा ३०.९२ अंक (१.४७ प्रतिशत)ले बजार झरेको छ ।
जम्मा १९ कम्पनीको मूल्य बढ्यो भने २२६ कम्पनीको घटेको छ । एउटा कम्पनीको भने स्थिर रह्यो । सो अंकको गिरावटपछि नेप्से २०६७ अंकमा कायम भएको छ ।
कुल ४ अर्ब १८ करोडको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा कम हो । अघिल्लो दिन ५ अर्ब २९ करोडको कारोबार भएको थियो ।
फाइनान्स बाहेकका सबै समूह घटेका छन् । सो समूह ०.२१ प्रतिशतमा हरियो रह्यो । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.३ प्रतिशत घट्यो ।