अस्ट्रेलियाको तटीय क्षेत्रमा अलपत्र १६ हजार भेडा बन्दरगाहमा फर्काइयो

सहयात्रा टिभी

काठमाडौं । माघ १८, अस्ट्रेलियाको तटीय क्षेत्रमा अत्यधिक गर्मीमा अलपत्र परेको १६ हजार भेडा र पशु बोकेको जहाज पर्थको बन्दरगाहमा फर्किएको छ ।

यमनमा रहेको हुथी विद्रोहीले जहाजमा आक्रमण गर्न शुरु गरेपछि गएको महिना एमभी बाहिजाहाजले लाल सागर हुँदै गर्ने यात्रा रोकेको थियो ।

हुथी विद्रोहीको आक्रमणका कारण जनावरहरू हप्तौँसम्म जहाजमा फसेका थिए । जनावरहरूलाई जहाजबाट ओराल्न सकिन्छ या सकिँदैन भनेर अस्ट्रेलियाले निर्णय नगर्दासम्म जनावरहरू ४० डिग्रीको तापक्रममा समुद्रमै रोकिएका थिए ।

जनावरहरूलाई जहाजबाट ओराल्न अनुमति दिइन्छ या दिइँदैन भन्ने स्पष्ट नभएको बीबीसीले जनाएको छ । आज पशु चिकित्सकहरूले जनावरहरूको जाँच गरेका र उनीहरूमा स्वास्थ्य समस्या नदेखिएको अस्ट्रेलियाको कृषि विभागले बताएको खबरमा उल्लेख छ ।

प्यालेस्टिनको गाजा क्षेत्रमा इजरायली कारबाहीको जवाफमा हुथी विद्रोहीले जहाजमा आक्रमण गर्न शुरु गरेका थिए ।

यो जहाज जनवरी ५ मा अस्ट्रेलियाबाट इजरायलका लागि छुटेको थियो । हुथी विद्रोहीले जहाजमा आक्रमण शुरु गरेपछि सरकारले यो जहाजलाई जनवरी २० मा अस्ट्रेलिया फर्काउन भनेको थियो ।

अस्ट्रेलियाले हरेक वर्ष मध्य पूर्वमा हजारौँको सङ्ख्यामा भेडा र पशु निर्यात गर्दै आइरहेको छ ।

 

प्रकाशित : 1 February, 2024

प्रतिक्रिया दिनुहोस्