सीके राउतले समाजवादलाई भ्रमको संज्ञा दिए

काठमाडौँ । माघ २३, पार्टीका अध्यक्ष राउतले २१ माघमा बसेको सचिवालय बैठकमा छलफलका लागि पेस गरेको राजनीतिक प्रस्तावमा समाजवादलाई भ्रमको संज्ञा दिएका छन् ।
सीके राउत नेतृत्वको जनमत पार्टी समाजवादी व्यवस्थाको विपक्षमा स्पष्ट खुलेको छ ।
राउतले विद्यमान समस्यालाई समाजवादले हल गर्न नसक्ने भन्दै पुँजीवादी क्रान्तिपछि मात्रै समाजवाद ल्याउन सकिने उल्लेख गरेका छन् ।
वृहत शान्ति सम्झौता, नेकपा (माओवादी) ले नेकपा (एमाले) सँग गरेको पार्टी एकता र नेपालको संविधान २०७२ ले समेत समाजवाद उन्मुख अर्थतन्त्रको लक्ष्य लिएपछि समाजवादप्रति बनेको स्वतः धारणालाई पुनर्विचार गर्नुपर्ने देखिएको राउतले अगाडि सारेको राजनीतिक प्रस्तावको निष्कर्ष छ ।
राउतले नेपालमा पुँजीको आकांक्षा राख्ने, तर पुँजीवादको विरोध गर्ने मानसिकता रहेको भन्दै यसले राष्ट्रिय अर्थतन्त्र निर्माण हुन नसकेको तर्क गरेका छन् ।