गुल्मीमा चल्ने सवारी साधनको भाडा घट्यो

सहयात्रा टिभी

काठमाडौँ । माघ २३, गुल्मी जिल्लाका केही सडकहरुमा चल्ने सवारी साधनको भाडा घटाइएको छ ।

जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले भाडादर घटाउने निर्णय गरेको हो । बैठकमा यातायात व्यवसायीहरुको पनि प्रतिनिधित्व थियो ।

सडकहरुको अवस्था सुधार भएपनि भाडा महङ्गो लिने गरेको गुनासो आएपछि यातायात व्यवसायीहरुको समेत सहमतीमा भाडा समायोजन गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

समायोजन गरिएको भाडा दर अनुसार बसहरुले रिडी–खैरेनीको भाडा १२० र रिडी–मजुवाको भाडा ३ सय रुपैयाँ लिन पाउने छन् । यही रुटमा चल्ने जिपहरुले भने बसको भन्दा १० रुपैयाँ बढी भाडा लिन पाउने छन् ।

जिल्लाका अन्य सडकको अवस्थाको आधारमा भाडादर हेरफेर गरिने प्रमुख जिल्ला अधिकारी शर्माले बताए । सडकहरुको अवस्था र यातायात व्यवसायी लगायत सरोकारवालाहरुसँगको छलफलपछि अन्य सडकहरुको पनि भाडा दर समायोजन गरिने प्रशासनले जनाएको छ ।

 

प्रकाशित : 6 February, 2024

प्रतिक्रिया दिनुहोस्