केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बलिउड अभिनेत्री प्रियंका चोपडाले पाँच मिनेटको ५ करोड भारु लिने

सहयात्रा टिभी

नयाँदिल्ली । बलिउड अभिनेत्री प्रियंका चोपडाको पारिश्रमिकको विषय सार्वजनीक भएको छ । प्रियंकाले यसै महिनाको अन्त्यमा आयोजना हुने जि सिने अवार्डमा पर्फम गर्ने निश्चित भएको छ ।

अभिनेत्री प्रियंका चोपडाले सो कार्यक्रममा पाँच मिनेट नृत्य गर्ने कार्यक्रम तय भएको छ । प्रियंकाले सो प्रस्तुतिका लागि लिन लागेको पारिश्रमिक चर्चाको विषय नै बनेको छ । भारतीय मिडियाका अनुसार प्रियंकाले मिनेटको १ करोड भारुका दरले पारिश्रमिक लिने तय भएको छ । यसहिसावले उनको पाँच मिनेटको पारिश्रमिक पाँच करोड हुनेछ ।

प्रकाशित : 18 December, 2017

प्रतिक्रिया दिनुहोस्