कांग्रेस नेता भण्डारीको नेतृत्वमा हिन्दुराष्ट्रको मागसहित महाभियान पुनर्गठन

काठमाडौँ । माघ २३, नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्र स्थापना महाअभियानको पुनर्गठन गरिएको छ ।
नेपाली कांग्रेस सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानको बैठकले हिन्दुराष्ट्र स्थापना महाअभियानको पुनर्गठन गरेको कांग्रेस नेता लोकेश ढकालले जानकारी दिए ।
महाअभियानका कार्यवाहक संयोजक कांग्रेस नेता लक्ष्मणप्रसाद घिमिरेले पद भण्डारीलाई हस्तान्तरण गरेका हुन् । महाअभियानले पार्टीको आसन्न महासमिति बैठकमा हिन्दूराष्ट्रको मुद्दालाई उठाउने निर्णय गरेको ढकालले जानकारी गराए ।
महाअभियानको बैठक पुन बसेर महासमितिमा मुद्दालाई प्रस्तुत गर्ने विषयमा छलफल हुने ढकालले बताए ।
उक्त बैठकमा पूर्व मन्त्री चिरञ्जीवी वाग्ले, कांग्रेस नेता लक्ष्मण घिमिरे, पूर्व सभामुख दमननाथ ढुङ्गाना, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरूणकुमार सुवेदी, कांग्रेसका नेता एवम् पूर्व मन्त्री चिरञ्जिवी वाग्ले, परराष्ट्र मन्त्री एनपी साउदकी पत्नी जोत्सना साउद लगायत उपस्थित थिए ।
२०७७ सालमा भएको उक्त बैठकमा ७ सय बढी प्रतिनिधिले हस्ताक्षर गरेर पार्टी नेतृत्वलाई बुझाएका थिए । बैठकमा अभियानका सदस्य लोकेश ढकालले बैठकका एजेन्डाको साथै घोषणा पत्रको अवधारणा प्रस्तुत गरेका थिए ।