माओवादी केन्द्रले प्रिबजेट छलफलबारे सांसदलाई प्रशिक्षण दिने

सहयात्रा टिभी

काठमाडौँ । माघ २३, सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्षको लागि बजेटका सिद्धान्त र प्राथमिकताका (प्रिबजेट) बारे संसदमा छलफल गर्नुपूर्व पार्टीका सांसदहरुलाई प्रशिक्षण दिने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बजेटका सिद्धान्त र प्राथमिकताकाबारे संसदमा छलफल गर्नुपूर्व सांसदहरुलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको बताए ।

मंगलबारको बैठकमा तेस्रो अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सांसदहरुलाई निर्देशन दिएका थिए ।

 

 

 

प्रकाशित : 6 February, 2024

प्रतिक्रिया दिनुहोस्