नेप्से सँगै कारोबार रकममा पनि सुधार

सहयात्रा टिभी

काठमाडौँ । माघ २३, मंगलबार नेप्से सँगै कारोबार रकममा पनि सुधार देखिएको छ । सेयर बजार ९.४४ अंक बढेको छ ।

सो अंकको वृद्धिपछि नेप्से २०८५ अंकमा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ ।

अघिल्लो दिन २ अर्ब ४३ करोडको कारोबार भएकोमा यस दिन २ अर्ब ५९ करोडको कारोबार भयो ।

१८१ कम्पनीको मूल्य बढ्दा ५७ को घट्यो भने ९ को स्थिर रह्यो । उत्पादन र निर्जीवन बीमा समूह सबैभन्दा धेरै १ प्रतिशत बढे ।

हिजो १० प्रतिशत मूल्य बढेको नेपाल टेलिकमको मूल्य भने ५ प्रतिशत घटेर प्रतिकित्ता ९०३ रुपैयाँ कायम भयो ।

प्रकाशित : 6 February, 2024

प्रतिक्रिया दिनुहोस्