दैलेखमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु
सहयात्रा टिभी
काठमाडौं । माघ २४, दैलेखमा एभरेस्ट नेटवर्क प्रालिका एक जना कर्मचारी करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका-४, लयाँटीका २९ वर्षीय प्रकाश बुढा रहेका जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी अजुर्न केसीले जानकारी दिए ।
दैलेख र कालीकोटको सिमाना दहीखोला नजिकै एभरेस्ट नेटवर्क प्रालिको फाइवर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । उनी एभरेस्ट नेटवर्ककै कर्मचारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीलाई बेलुका ८ बजेमात्रै घटनाबारे जानकारी भएपछि उनलाई प्रदेश अस्पताल ल्याइएको थियो । राति ११ बजे अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।