नुवाकोटमा अब पालिकाबाटै निजी वन दर्ताको क्रम शुरु
सहयात्रा टिभी
काठमाडौं । माघ २५, नुवाकोटमा निजी वन दर्ताको क्रम शुरु भएको छ । यसअघि वन कार्यालयले गर्ने निजी वनको दर्ता अब पालिकाबाटै शुरु भएको डिभिजनल वन अधिकृत रोशना पोखरेलले जानकारी दिनुभयो ।
निजी जग्गामा हुर्किएका सालको रुख काट्न वन दर्ता गरेर व्यक्तिगत र व्यावसायिक प्रयोजनका लागि उपभोग गर्न पाइने गरेर कानुनी बाटो खुला भएपछि वन दर्ताको क्रम शुरु भएको हो ।
सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार २०५८ साल कात्तिक १६ गते लगाएको प्रतिबन्ध ‘निजी वन दर्ता गरेर काट्न पाइने’ भनेर २०८० साल मङ्सिर ७ गते जनाएसँगै सालको रुख कटानको अवरोध हटेको हो ।
वन ऐन–२०७६ र नियमावली–२०७९ अनुसार पालिकास्तरमा निजी वन दर्ता गर्न अधिकार प्राप्त भएसँगै नुवाकोटको विदुर नगरपालिका र लिखु गाँउपालिकामा साल रुख हुर्काउँदै आएका किसानले निजी वन दर्ता गर्न शुरु गरेका छन् ।