किर्तोनलाई बोल्ड गरेसँगै क्यानडामाथि नेपालको रोमाञ्चक जित

सहयात्रा टिभी

काठमाडौं । माघ २५, क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७ रनले विजयी भएको छ ।

नेपालविरुद्ध क्यानडाका लागि ठूलो स्कोर जोडिरहेका निकोलस किर्तोनलाई पवन सर्राफले बोल्ड गरेसँगै नेपालको रोमाञ्चक जित भएको छ ।

किर्तोनले ९९ बलमा सात चौका प्रहार गर्दै ६८ रन जोडे । तर पवनले बोल्ड गरेसँग नेपाल लयमा फर्कने संभावना बढेको थियो ।   जित नजिक पुगेको क्यानडाविरुद्ध नेपालका स्पिनरहरुले लगातार दबावमा पारेका हुन् ।

क्यानडाको सातौं विकेट कप्तान रोहितकुमार पौडेलले लिएका थिए । आफ्नो सातौं ओभरको अन्तिम बलमा कप्तान पौडेलले क्यानडाका उदय भगवानलाई बोल्ड गरेका हुन् । एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हात पारेको छ ।

 

प्रकाशित : 8 February, 2024

प्रतिक्रिया दिनुहोस्