संघीय सरकार उदासिन भएको भन्दै मुख्यमन्त्रीहरुको गुनासो

सहयात्रा टिभी

काठमाडौं । माघ २५, प्रदेशका मुख्यमन्त्रीहरुले संघीयता कार्यान्वयनका लागि संघीय सरकार उदासिन भएको भन्दै सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग गुनासो गरेका छन् ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेता र मुख्यमन्त्रीहरुको बैठक बसेको थियो । बैठकमा मुख्यमन्त्रीहरुले संघीय सरकारले आवश्यक कानुन र अधिकार नदिँदा प्रदेश सरकारलाई काम गर्न अप्ठेरो परेको बताएका थिए ।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषदको दोस्रो बैठकमा पनि मुख्यमन्त्रीले संघीयता कार्यान्वयनमा भएका कठिनाइ प्रधानमन्त्री प्रचण्डलाई सुनाएका थिए ।

उनीहरुले समयमा एजेण्डा नदिएको भन्दै राष्ट्रिय समन्वय परिषदको बैठकबाट निर्णय गर्न अस्वीकार गरेका थिए ।

शीर्ष नेताको बैठकमा मधेश सरकारले विश्वासको मत लिने विषयमा पनि छलफल भएको थियो । जनमत पार्टी सरकारबाट बाहिरिएपछि जसपा नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्नेछ ।

प्रकाशित : 8 February, 2024

प्रतिक्रिया दिनुहोस्