नेपाली टोलीद्धारा चिनियाँ युवा टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने घोषणा
काठमाडौं । माघ २६, चिनियाँ युवा टोलीसँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली यू-२३ टोली घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार चीनको नेपाल यू–२३ फुटबल टिमको घोषणा गरेको हो ।
चिनियाँ नयाँ वर्षको अवसरमा उक्त मैत्रीपूर्ण फुटबल शनिबार हुन लागेको हो ।
नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद(राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण खेल हुन लागेको हो । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको खेलको सहआयोजकमा एन्फा र नेपाल ओभरसिज चिनियाँ संघ रहेको छ ।
नेपाली सिनियर टिमका मुख्य प्रशिक्षक चिनसेन्जो अल्बर्टो एनेसले नै युवा टोलीको प्रशिक्षकको भूमिकामा छन् ।
नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्ने चिनियाँ यान्सुको प्रान्तीय टिम बिहीबार नेपाल आइपुगेको छ ।
मैत्रीपूर्ण खेल २७ माघ शनिबार दिउँसो ३ बजे दशरथ रंगशालामा सुरु हुनेछ । उक्त खेलका लागि साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० टिकट दर तोकिएको छ ।