केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धापासीमा एक युवकको हत्या गरेको आरोपमा एक जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । माघ २९, काठमाडौंको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले खड्काको हत्या आरोपमा उनका एक जना साथीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन ।

पत्रकार सम्मेलन गरेर यस विषयमा सार्वजनिक गर्ने एसपी कुमोध ढुंगेलले बताए । प्रहरीका अनुसार, दिपेश र पक्राउ परेका व्यक्ति दुवै मिस्त्री काम गर्दै आएका थिए ।

सामान्य विवादमा धारिलो वस्तु प्रहार गरेर हत्या गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

 

प्रकाशित : 12 February, 2024

प्रतिक्रिया दिनुहोस्