केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चिनियाँमाथि हातपात गरेका केसीलाई माओवादीले सार्वजनिक खण्डन गर्न निर्देशन

सहयात्रा टिभी

काठमाडौं । माघ २९, जाजरकोट र रुकुमपश्चिममा भूकम्प प्रभावितलाई राहत सामग्री लिएर पुगेको चिनियाँ टोलीका प्रमुखमाथि हातपात गरेको आरोप लागेका वैकल्पिक केन्द्रीय सदस्य गोर्खबहादुर केसीलाई माओवादीले सार्वजनिक खण्डन गर्न निर्देशन दिएको छ ।

गत शुक्रबार र शनिबार बसेको पार्टीको स्थायी समिति बैठकले वैकल्पिक केन्द्रीय सदस्य केसीलाई स्पष्टीकरणको जवाफ सन्तोषजनक नरहेको भन्दै सार्वजनिक खण्डन गर्न निर्देशन दिएको हो ।

कर्णालीमा गएको भूकम्पका प्रभावितलाई राहत सामग्री लिएर पुगेकी चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’की मुख्य निर्देशक सोउ सिच्याङमाथि २० मंसिरमा जाजरकोटको भेरी नगरपालिकाको रिम्नामा हातपात भएको थियो ।

त्यसपछि माओवादी केन्द्रको २८ पुसमा बसेको पार्टी स्थायी समिति बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । केसीले त्यसपछि ५ माघमा त्यसको जवाफ लेख्दै पार्टी महासचिव देव गुरुङ र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले आर्थिक हिनाहिना गरेको आरोप लगाएका थिए ।

उक्त स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै माओवादी केन्द्रको २६ र २७ माघमा बसेको बैठकले सार्वजनिक खण्डन गर्न निर्देशन दिएको हो ।

 

प्रकाशित : 12 February, 2024

प्रतिक्रिया दिनुहोस्