केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अनिलले ५० बलमा अर्ध शतक पूरा गरे

सहयात्रा टिभी

काठमाडौं । माघ २९, अनिल साहले राष्ट्रिय क्रिकेट टिममा गज्जबको पुनरागमन गरेका छन् ।  अनिलले लगातार दोस्रो खेलमा अर्ध शतक पूरा गरेका छन् ।

तेस्रो एक दिवसीय क्रिकेटमा क्यानडासँग २३३ रनको लक्ष्य पछ्याउने क्रममा अनिलले ५० बलमा अर्ध शतक पूरा गरेका हुन् ।

अनिलले दोस्रो ओभरमा तीव्र गतिका बलर उदय भागवानलाई लगातार चार चौका हानेर धमाकेदार सुरुवात गरेका थिए ।

उनको अर्धशतक मद्दतमा नेपालले १५ ओभरको खेल सकिँदा १ विकेट गुमाएर ८३ रन बनाएको छ । यसअघि दोस्रो ओडीआईमा शनिबार पुनरागमन खेलमा अनिलले २० बलमा ५० रन बनाएका थिए । एक समय अनिल १३ बलमा ४३ रनमा पुगेको भए पनि अर्धशतक भने १९ बलमा पूरा गरेका थिए ।

 

प्रकाशित : 12 February, 2024

प्रतिक्रिया दिनुहोस्