केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाबुराम र विप्लवसँग पार्टी एकता बारे निष्कर्षमा पुगेको छैन : प्रचण्ड

सहयात्रा टिभी

काठमाडौं । माघ २९, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी धारका पार्टीसँग एकता गर्ने विषय अझैँ पनि संशयको स्थितिमा रहेको ब्रिफिङ गरेका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले पार्टी एकता बारे छलफल भइरहेकै भए पनि निष्कर्षमा पुग्न नसकेको बताएको बैठकमा सहभागी एक नेताले बताए ।

प्रचण्डले पार्टी एकताका विषयमा धेरै चासो गर्नुभन्दा पनि यही पार्टीलाइ शक्तिशाली बनाउने तर्फ लाग्न कार्यकर्तालाई निर्देशन दिए । ‘मलाई के लाग्छ र तपाईंहरुले के बुझ्न जरुरी छ भने एकता छिटो गरेर धेरै होला भनेर अब आश गर्नु भन्दा यही पार्टीलाई शक्तिशाली बनाउन लागौँ । गर्दै जाँदा साथीहरू आउनु भयो भने स्वागत गरौँला’, प्रचण्डले बैठकमा भने ।

 

प्रकाशित : 12 February, 2024

प्रतिक्रिया दिनुहोस्