केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जनयुद्ध दिवस मनाउने हाम्रो नैसर्गिक अधिकार कसैले रोक्न सक्दैन: प्रचण्ड

सहयात्रा टिभी

काठमाडौं । माघ २९, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध मनाउने आफूहरुको नैसर्गिक अधिकार हो भन्दै यसलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

सोमबार नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले देशभरि जनयुद्ध दिवस मनाउने बताए ।

उनले भोलि १ फागुनमा काठमाडौंमा विधान सम्मेलनको उद्घाटन नै जनयुद्ध दिवसलाई सम्मान गर्दै मनाउने र देशभर आ–आफ्नो तरिकाले मनाउने पनि बताए ।

प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक बिदाहरुको सूचीमा फागुन १ गते जनयुद्ध दिवस पनि थियो । तर सर्वोच्च अदालतले जनयुद्ध दिवसमा आम सहमति नभएको सार्वजनिक बिदा दिनु उचित नहुने भन्दै बिदा नदिन अन्तरिम आदेश दिएको थियो ।

माओवादीले प्रमुख पद जितेको धेरै स्थानीय तहले १ फागुनमा जनयुद्ध दिवसको बिदा घोषणा गरेका छन् ।

 

प्रकाशित : 12 February, 2024

प्रतिक्रिया दिनुहोस्