ठगी गरेको आरोपमा ४ जना गिरोह पक्राउ

सहयात्रा टिभी

काठमाडौं । फागुन २, सुनका गहना, गाडी र जग्गा कारोबार गर्ने भनी मानिसहरुलाई विश्वासमा पार्दै ठगी गरेर फरार हुने ४ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेको भुम्लु गाउँपालिका-३ का कुमार थापा, स्याङ्जाको पुतलीबजार नगरपालिका-४ की मीना दमै, सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ का रविन कुमार थापा र सप्तरीको सप्तकोशी नगरपालिका-६ का दिलिप कुमार लाभलाई पक्राउ गरेको हो ।

उनीहरूले समूह बनाई सुनका गरगहना, गाडी र जग्गाको कारोबार देखाई विश्वासमा पार्ने र ठगी गरेको पाइएको प्रहरीले बताएको छ ।

काभ्रेका कुमार थापाले सुनका गरगहना विदेशमा निर्यात गर्दैछौं भनेर पोखराका एक सुनचाँदी व्यवसायीसँग पहिलो पटक १० लाख, दोस्रो पटक २० लाख र तेस्रो पटक ३० लाखको गहना खरिद गरेका थिए ।

यसरी ठूलो मात्रामा सुन खरिद गरेर विश्वासमा पारेपछि १ करोड ८० लाख रुपैयाँको गहना बाहिर निर्यात गर्ने भनी लिएर फरार भएका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

 

 

प्रकाशित : 14 February, 2024

प्रतिक्रिया दिनुहोस्