एमाले केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्दै
सहयात्रा टिभी
काठमाडौं । फागुन २, नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । भोलि दिउँसो ३ बजे केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए ।

उनका अनुसार, केन्द्रीय कमिटी बैठक बोलाउने र समसायिक राजनीतिक विषयहरुमाथि छलफल गर्न सचिवालय बैठक बोलाइएको छ । सचिवालय बैठकको एजेण्डा आज बस्ने कार्यालय बैठकले तय गर्नेछ ।


