परिसूचक नेप्से ५.९१ अंक बढ्यो
सहयात्रा टिभी
काठमाडौं । फागुन २, विकास बैंक र फाइनान्स समूह चम्केपछि बुधबारको सेयर बजार सम्हालिएको छ ।
अघिल्लो दिन ३० अंकले बजार घटेको थियो । बुधबार भने दुई समूह उच्च दरमा बढ्दा बजारको परिसूचक नेप्से नै ५.९१ अंक बढ्न पुग्यो ।
विकास बैंक २.३८ र फाइनान्स समूह ६.५ प्रतिशत बढे । जसले गर्दा उच्च पुँजीकृत समूह बैंकिङ तथा हाइड्रोपावर घट्दा पनि समग्र बजार बढ्न पुग्यो ।