आगामी आवको बजेट १८ खर्बभित्र आउने

सहयात्रा टिभी

काठमाडौं । फागुन ४, आगामी आर्थिक वर्षको बजेट १८ खर्बको सिलिङमा आउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार पत्रकार सम्मेलन गरी १८ खर्ब बजेट सिलिङ रहेको जानकारी दिए । स्रोत समितिको बैठकले १८ खर्बको सिलिङ दिएको महतले बताए ।

पत्रकार सम्मेलनमा मन्त्री महतले चालू आर्थिक वर्षको बजेट कटौती नभएको बताए । उनले संसदले पारित गरेको बजेट अर्थमन्त्रालयले कटौती गर्न नसक्ने भन्दै बजेट कटौती नभएको प्रष्ट पारे ।

यसअघि डा. महतले अर्धवार्षिक समीक्षामार्फत चालू बजेट १२.६२ प्रतिशतले बजेटको आकार घटाएर १५ खर्ब ३० अर्बमा झारेका थिए ।

चालू आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेटलाई घटाएर १५ खर्ब ३० अर्ब २६ करोडमा सीमित गरिएको छ । लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएकाले बजेटको आकार घटाइएको अर्थमन्त्रीले बताएका थिए ।

प्रकाशित : 16 February, 2024

प्रतिक्रिया दिनुहोस्