सुनको मूल्यमा बृद्धि
सहयात्रा टिभी
काठमाडौं । फागुन ४, सुनको मूल्यमा शुक्रबार तोलामा ६ सय रुपैयाँ बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्ला दुई दिन तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख १७ हजार १ सय रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १३७५ रुपैयाँ रहेको चाँदी शुक्रबार १४१० रुपैयाँ पुगेको छ ।