बैठकमा प्रतिवेदनले आशा सिर्जना गर्न नसकेको पौडेलद्धारा टिप्पणी

सहयात्रा टिभी

काठमाडौं । फागुन ४, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी बैठकमा प्रस्तुत तीन प्रतिवेदनले आशा सिर्जना गर्न नसकेको टिप्पणी गरेका छन् ।

शुक्रबार केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता पौडेलले प्रतिवेदनमा समस्या आएको तर समाधानका लागि ठोस प्रस्ताव नभएको बताए ।

निराशामा रहेको पार्टी कार्यकर्तालाई भरोसा दिने गरी प्रतिवेदन नआएको पौडेलको तर्क थियो । कांग्रेसमै रहने कि पार्टी छोड्ने भनेर महासमितिको बैठकको प्रतिक्षा गरेकालाई कांग्रेसमा रहने गरी आशा सञ्चार गर्न प्रतिवेदनले नसकेको पौडेलको निर्क्योल थियो ।

भ्रष्टचार अन्त्य गर्छु गर्ने कागजमा देखाएर नहुने उनको तर्क छ । सरकारमा बसेको दलले बोलेर मात्रै नहुने र व्यवहारमा देखिनुपर्ने मत पौडेलले राखे ।

संघीयता बोझिलो भएको भनिरहँदा प्रशासनिक खर्च कटौती बारे दस्तावेजमा कुनै विषय उल्लेख नभएको पार्टी बैठकमा पौडेलले विचार राखे ।

प्रकाशित : 16 February, 2024

प्रतिक्रिया दिनुहोस्