अर्थमन्त्री महतद्धारा सुरक्षित कारोबारसम्बन्धी पहिलो संशोधन विधेयक दर्ता

सहयात्रा टिभी

काठमाडौं । फागुन ४,  अर्थमन्त्री प्रकाशशरण महतद्धारा राष्ट्रिय सभामा विधेयक दर्ता भएको छ ।

सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ ।

विश्वव्यापीकरण,आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापको प्रकृति, प्रवृत्ति र पद्वतिमा समेत परिवर्तन आइरहेको सन्दर्भमा विधेयक ल्याइएको जनाइएको छ ।

कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि सुरक्षित कारोबार सम्बन्धी कानुन संशोधन आवश्यक भएको अर्थ मन्त्रालयले जनाएको छ ।

 

 

 

प्रकाशित : 16 February, 2024

प्रतिक्रिया दिनुहोस्